काठमाडौँ । सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका–५ ले सिफारिस राजस्वमा छुट दिन थालेको छ ।
सो गाउँपालिकाले मालपोत, घटना दर्ता र घटना दता प्रतिलिपी वाहेकका सिफारिस राजस्व कर छुट दिन सुरु गरेको हो ।
बलान बिहुल गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष विन्देश्वर यादवले सार्वजनिक सुचना प्रकाशन गरी तोकिएका सिफारिस राजस्व छुट दिन सुरु गरिएको जानकारी दिए । सो वडाले जेठ २० गतेदेखि राजस्व छुट दिन थालेको हो ।
‘हाल बलान बिहुल गाउँपालिका वडा नं ५ रामनगरको वडा कार्यालय आ।व। २०८२ र २०८३ को मालपोत, घटना दर्ता र घटना दता प्रतिलिपी वाहेकका सिफारिस राजस्व कर आज देखि छुट गरिएको व्यहोरा सवैमा जानकारीको लागि अनुरोध छ,’ वडाध्यक्ष यादवले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।





