वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट, चालु वर्षभन्दा ३२ करोड बढी

 

काठमाडौँ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनालले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्षका लागि ४ अर्ब ३८ करोडको बजेट ल्याइएको थियो ।

आगामी वर्षका लागि ल्याइएको बजेटमा ३ अर्ब २ करोड ७० लाख रुपैयाँ पुँजीगत बजेटतर्फ विनियोजन गरिएको छ । चालुतर्फ भने १ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ छ ।

बजेटका स्रोत

बजेटमा सङ्घीय वित्तीय समानीकरण अनुदानबाट २४ करोड ६० लाख, सङ्घीय सशर्त अनुदानबाट २ अर्ब ६७ करोड ९६ लाख, सङ्घीय राजस्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ३ करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदानबाट  ५० करोड ३५ लाख ७२ हजार र प्रदेश राजस्व बाँडफाँट ४४ लाख ११ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, सङ्घीय तथा प्रदेशको समपूरक विशेष अनुदान ४ करोड ५९ लाख, स्थानीय राजस्व बाँडफाँट १८ करोड तथा नगरपालिकाको आन्तरिक आयबाट ३३ करोड ६ लाख ६५ हजार रुपैयाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ । चालु आर्थिक वर्षको बचत रकमबाट ३ करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबाट ३४ करोड खर्च बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update