ठूलीभेरी नगरपालिका असार २५ गतेसम्म सार्वजनिक विदाको दिन पनि खुल्ने, यस्तो छ कारण

 

काठमाडौँ । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका असार २५ गतेसम्म सार्वजनिक विदाको दिन पनि खुल्ला रहने भएको छ । 

यसअघि शनिवार, आइतबार र अन्य सार्वजनिक विदाको दिन बन्द रहदै आएको नगरपालिकाको कार्यालय असार १३ गतेदेखि असार २५ गतेसम्म कुनै पनि दिन बन्द नहुने भएको छ ।

कार्यालय सबै दिन खुल्ला रहने भएपनि कार्यालय समय भने साविककै रहने नगरपालिकाले जानकारी दिएको छ । 

नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष बहादुर खड्काका अनुसार योजनाहरु कार्यान्वयन र भूक्तानी प्रक्रियालाई सहजीकरण गर्न सार्वजनिक विदाको दिन पनि कार्यालय खुल्ने भएको हो ।

सार्वजनिक विदाको दिन पनि कार्यालय खुल्ने भएपछि नगरपालिको सार्वजनिक सुचना प्रकाशन गरी सरोकारवालाहरुलाई जानकारी गराइएको निमिक्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update