सुनकोशी गाउँपालिकाको बजेट खर्च ६७ प्रतिशत

 

काठमाडौँ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ६७ प्रतिशत खर्च गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले दिएको जानकारी अनुसार गाउँपालिकाले ६६.७९ प्रतिशत बजेट खर्च गरेको हो । यस्तो खर्चमध्ये चालु बजेट ७९.२६ प्रतिशत र पुँजीगत बजेट ५४.३२ प्रतिशत खर्च भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ४८ करोड ४१ लाख रुपैयाँ चालु बजेट विनियोजन गरेकोमा ३८ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै, १८ करोड १९ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा ९ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update