 
                                                                    काठमाडौं । संघीय संसद र प्रदेशसभाका सभामुख तथा उपसभामुखहरुको भेलाले, संघीय संसद र प्रदेश सभाको काम थप पारदर्शी र प्रभावकारी बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौंको चन्द्रागिरिमा शुक्रबार र शनिबार २ दिनसम्म चलेको भेलाको १२ बुँदे निष्कर्ष सार्वजनिक गर्दै, संघीय संसद र प्रदेश सभाहरुबीच पारस्परिक सिकाई साझा सवालहरुको पहिचान र सभाका काम कारबाहीहरुलाई थप पारदर्शी तथा पहुँचयोग्य उत्तरदायी र प्रभावकारी बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालिएको जानकारी दिइएको हो ।
निष्कर्ष सुनाउँदै सभामुख देवराज घिमिरेले भने, ‘एक वाक्यमा हाम्रो निष्कर्ष के हो भने हाम्रा तीन तहका सरकारले त्यहाँ काम गर्दा खास गरेर विधायीकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ भन्ने हो ।’
दुई दिने भेलाले संघ र प्रदेश बीचको राष्ट्रिय सभासंगै प्रदेश सभाको सन्दर्भमा विविध पक्षमा छलफल गरेको छ ।
उक्त भेलाले संघ र प्रदेश बीचमा २ सरकारले संयुक्त रुपमा सम्बन्ध विस्तार गर्नेदेखि अधिकारको सम्बन्धमा देखिएका समस्या समाधान गर्न तीनै तहमा समन्वयन गर्ने लगायतका पक्षमा सार्थक बहस भएको सभामुख देवराज घिमिरेले बताए ।
उनले भने, ‘संघ र प्रदेश बीचको सम्बन्धलाई स्वायत्त ढंगबाट जानुपर्ने कुरालाई स्वायत्त र स्वतन्त्रताको साथ लाने, कानूनको हिसावबाट मिलाउनुपर्ने ऐनलाई पनि मिलाउने र कार्यान्वयनको सन्दर्भमा पनि सामन्जस्यता राख्नुपर्नेमा केके अप्ठेराहरु छन् यस्ता विषयमा बढी कुरा भएको छ ।’
उनले यो भेलाले सदन र सरकारको कतिपय समस्या समाधानका लागि आगामी दिनमा मार्ग देखाउने र गति प्रदान गर्न सहयोग पु¥याउने बताए ।
संसदको अधिवेशन आह्वान, अन्त्य, अधिवेशनमा पेश हुने विधेयकहरु सरकारी कार्यसूचीमा रहने विषयहरुको सम्बन्धमा सरकारले सभाध्यक्षसंग परामर्श गर्ने पद्धतिको अवलम्बन गर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने भेलाको निष्कर्ष छ ।
त्यस्तै राष्ट्रिय सभाको संघीयता कार्यान्वयनको सम्बन्धि विशेष समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई सभाले नै ध्यानाकर्षण गराउने, महिला हक अधिकारको कार्यान्वयन गर्न गराउन प्रतिनिभिसभाको उपसभामुखको नेतृत्वमा राष्ट्रिय र प्रदेश सभाको उपाध्यक्ष सहितको संयन्त्र निर्माण गरी महिला सशक्तिकारण गर्ने लगायतका निष्कर्ष समेटिएका छन् ।

 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    