कटारी नगरपालिकाले असोजभित्र नवीकरण गरे ३ वर्षको कर छुट दिने

 

काठमाडौँ । उदयपुर जिल्लाको कटारी नगरपालिकाले कर छुट दिने सम्बन्धी व्यवस्था गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको आर्थिक ऐनमा पुराना व्यवसायीलाई आगामी असोज मसान्तभित्रमा नवीकरण गरेमा कर छुट हुने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले जानकारी दिए ।

नगरपालिकाले दर्ता नगरी सञ्चालन भइरहेको र दर्ता गरी नियमित रुपमा नवीकरण गर्न नआएका उद्योग तथा व्यवसायीहरुलाई छटुको व्यवस्था गरेको हो । नगरपालिकाको चालु आर्थिक वर्षको आर्थिक ऐनमा आर्थिक वर्ष २०८१/०८२ भन्दा अगाडि नगरपालिकामा व्यवसाय दर्ता गरी नियमित रुपमा नवीकरण गर्न नआएका उद्योग तथा व्यवसायीहरुको हकमा चालु आर्थिक वर्ष २०८३/०८४ को असोज मसान्त भित्र नवीकरण गर्न आएमा आर्थिक वर्ष २०८१/०८२, २०८२/०८३ र २०८३/०८४ भन्दा अगाडिको व्यवसाय करमा छुट दिई व्यवसाय नवीकरण गरिने व्यवस्था गरिएको छ ।

नगरपालिकाले आर्थिक ऐनमा भएको सो सुविधा उपभोग गर्न आम करदातालाई अनुरोध पनि गरेको छ । 

 

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update