काठमाडौँ । वन्डर्स ईनर्जी प्रालिले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको खिम्ती घ्वाङ् साना जलविद्युत आयोजनामा एनएमबी बैंकले लगानी गर्ने भएको छ । बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने सम्झौता गरेको हो ।
बैंक र कम्पनीबीच ऋण सम्झौता साउन १२ गते भएको छ । सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सचालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले दोलखा जिल्लाको जिरी नगरपालिकाको वडा नं. १ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको वडा नं. १ भएर बहने खिम्ती घ्वाङ् खोलामा निर्माण गरिरहेको खिम्ती ध्वाँङ् जलविद्युत आयोजना २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भैरहेको जनाएको छ ।
आयोजनाको लागि आवस्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति बैसाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको र आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । सिभिल, हाईड्रो मेकानीकल र ईलेक्ट्रो मेकानीकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
आयोजना निर्माणका लागि लाग्ने १ अर्व ८० करोड रुपैयाँमध्ये १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानीको लागि एनएमबी बैंकसँग आज समझदारी भएको हो भने बाँकी ५६ करोड मध्ये ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको कम्पनीका प्रवन्ध सचालक प्रकाश चन्द्र दुलालले बताए । उनका अनुसार गौरिशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने यो आयोजना नेपाल हाल बनिरहेका जलविद्युत आयोजनामध्ये हाईड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तरा मापदण्ड पुरा गरेर निर्माण गरिने पहिलो आयोजनासमेत हुने छ ।




