प्रधानमन्त्रीले बोलाए विपद जोखिम न्यूनीकरण परिषदको बैठक, यस्तो हुन सक्छ निर्णय

 

काठमाडौँ । रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा हाल नेपाली सेनाको तर्फबाट बाढीले पुर्याएको क्षतिको विवरण ब्रिफिङ भइरहेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको जानकारी अनुसार बैठकमा क्षतिको पूर्ण विवरण प्रस्तुत गरिनुका साथै तत्काल चाल्नुपर्ने कदमबारे आवश्यक निर्णय लिइनेछ।

 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update