काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ ।
हाल देशभर साधारणतया बादल लाग्नुका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने भने हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
देशको हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भरेराति पनि देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई भू–भागका थोरै स्थानमा स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भाग, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न समेत अनुरोध गरिएको छ ।




