काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ ।
आज देशभर साधारणतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम सम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने हिमाली भू–भागका केही स्थानमा तथा पहाडी –भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागको भनाई छ ।




