कंगोमा विवाह समारोहमा आगलागी हुँदा २२ जनाको मृत्यु

एजेन्सी। अफ्रिकी देश कंगोको राजधानी किंशासामा एक विवाह समारोहका क्रममा भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको छ ।

यो घटनामा घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । शुक्रबार रातिदेखि सो भवनमा लागेको आगो शनिबार बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको थिएन ।

आगो लागेपछि विवाहमा भेला भएका मानिसहरु बाहिर निस्किने कोशिस गरेका थिए । तर भवनको सानो बाटो र ठूलो संख्यामा मानिसहरु भेला भएका कारण ठूलो मानवीय क्षति भएको हो ।

मानिसहरुबीच नै आगलागीपछि भाग्ने होटमा धकेलाधकेलको अवस्था आएको थियो । घटनापछि आगो लागेको स्थानबाट निकालिएका केही मानिसलाई सडकमा निकालेर जीवन बचाउने कोशिस समेत गरिएको थियो ।

आगो कसरी लाग्यो भन्ने अझैसम्म पुष्टि हुन सकेको छैन । कंगोका उपप्रधानमन्त्री तथा गृहमन्त्री जेक्वेमिन शाबानीले घटनास्थलको निरीक्षण गर्दै घटना निकै दुःखद भएको बताएका छन् ।  

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update