इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग चेल्सी पराजित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नयाँ सिजनमा पहिलो हार भोगेको छ ।
गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ ले हराएको हो । आर्सनलको जितमा काई हाभर्ट्ज र मार्टिन ओडेगार्डले १–१ गोल गरे । खेलमा अग्रता भने चेल्सीले खेलको दोस्रो मिनेटमा नै मोर्गन रोजर्सको गोलबाट लिएको थियो ।
खेलको २५औं मिनेटमा हाभर्ट्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । त्यसपछि दोस्रो हाफको ५०औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
त्यसपछि खेलमा कुनै गोल हुन सकेन र आर्सनल विजयी भयो । जारी सिजनमा चेल्सीको यो पहिलो हार हो भने आर्सनलले भने ३ खेलमै जित निकालेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ ०७:३८
प्रतिक्रिया दिनुहोस्




