काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार चौथो जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–० को फराकिलो जित निकालेको हो ।
बार्सिलोनाको जितमा लामिन यामालले २ गोल गरे भने फेर्मिन लोपेज, पेड्री र राफिन्हाले १–१ गोल गरे ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा यमालले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले ८४औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि पाँचौ गोल गरे ।
खेलको २२औं मिनेटमा फेर्मिन लोपेजले, ५०औं मिनेटमा राफिन्हा र पेड्रीले ७९औं मिनेटमा गोल गरेका थिए ।
जारी सिजनमा लगाचार चौथो जितसहित १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
चार खेलबाट १० अंक जोडेको डिपोर्टिभो आलाभेस दोस्रो स्थानमा छ भने समान खेलबाट ९–९ अंक जोडेका रियल मड्रिड र रियल बेटिस तेस्रो र चौथो स्थानमा छन् ।




