कपिलवस्तु । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देश/विदेशबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ ।
बाढी प्रभावित क्षेत्रका जनताका लागि कपिलवस्तुका ६ वटा पालिकाले मात्रै २ करोड २५ लाखभन्दा बढी रकम सहयोग गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका लागि जिल्लाका ६ वटा स्थानीय तहले २ करोड २५ लाख १३ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
पालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले बाढी प्रभावितका लागि सहयोग गरेका छन् ।
कोषमा कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ भने वाणगंगा नगरपालिकाले पनि ४५ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको सो पालिकाले जनाएको छ ।
कपिलवस्तुकै बुद्धभूमि नगरपालिकाले ४३ लाख ४५ हजार, शिवराज नगरपालिकाले ३८ लाख ५७ हजार र महाराजगञ्ज नगरपालिकाले ३७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषामा जम्मा गरेका छन् ।




