देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ ।

जसका कारण कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भू–भाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ । 

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा  मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

सुदुरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा बाँकी तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशको  हिमाली, पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

देशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग, मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम रहेकाले त्यसबाट बच्न विभागको सूचनामा अद्यावधिक हुन समेत विभागले अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update