काठमाडौँ । मोरङ जिल्लाको केराबारी गाउँपालिकाले करिब ३१ लाख रुपैयाँ लागतमा ‘उज्यालो केराबारी अभियान’ सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले अभियानका लागि बोलपत्र आह्वान गर्दै नेपाली योग्य निर्माण व्यवसायी तथा आपूर्तिकर्ताबाट हार्डकपीमार्फत बोलपत्र माग गरेको हो।
अभियानको अनुमानित लागत ३१ लाख १७ हजार ६०६ रुपैयाँ ८७ पैसा रहेको छ। बोलपत्रका लागि ७५ हजार रुपैयाँ धरौटी (बिड सेक्युरिटी) तोकिएको छ।
उक्त कामका लागि बोलपत्रसम्बन्धी कागजात २०८३ असोज२२ गतेसम्म कार्यालय समयभित्र खरिद गर्न सकिने गरी सूचना प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिए । बोलपत्र २०८३ असोज २३ गते दिउँसो १२ बजेभित्र पेश गर्नुपर्ने र सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने गाउँपालिकाले जनाएको छ।
बोलपत्रसम्बन्धी पूर्वबैठक अर्थात् प्रिबिड मिटिङ २०८३ असोज १२ गते आयोजना हुने सूचनामा उल्लेख छ।
गाउँपालिकाले बोलपत्र दस्तुर तथा धरौटी रकम जम्मा गर्न एनआईसी एशिया बैंक, केराबारी गाउँपालिकाको राजस्व तथा स्थानीय तह धरौटी खाताहरू प्रयोग गर्नुपर्ने जनाएको छ।
‘उज्यालो केराबारी अभियान’ नाम दिइएको योजनामार्फत गाउँपालिकाले केराबारी क्षेत्रमा उज्यालो व्यवस्थापनसम्बन्धी काम अघि बढाउन लागेको हो ।




