काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका सबै खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (त्रिवि क्रिकेट मैदान) मा हुनेछन् । प्रतियोगितामा यसपटकदेखि डीआरएस प्रणाली समेत लागू गरेको छ । प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउँदैछन् ।
करिब एक महिनासम्म चल्ने प्रतियोगितामा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ बराबर हुने क्यानको अनुमान छ ।
एनपीएलको यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता दिएको छ ।
योसँगै प्रतियोगिताले अन्तर्राष्ट्रिय टी–२० सरहको मान्यता पाएको छ भने खेलाडीहरूले बनाएका रन र लिएका विकेट अन्तर्राष्ट्रिय रेकर्डमा जोडिनेछन् ।



