काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बहुचर्चित ‘एल क्लासिको’ भिडन्तमा रियल मड्रिड विजयी भएको छ ।
गएराति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
जारी सिजनमा बार्सिलोनाको यो पहिलो हार समेत हो । रियलको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरे ।
खेलको ४१औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो ।
तर, खेलको ८७औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गरेपछि रियल २–१ ले विजयी भयो । जितका बाबजुद १० खेलबाट २४ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा नै सीमित छ ।
समान खेलबाट २७ अंक जोडेको बार्सिलोना शीर्षस्थानमा छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको २५ अंक छ ।



