बरहथवा नगरपालिकाले थप्यो सटर भाडामा लगाउन बोलपत्र पेश गर्ने समय

 

काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिकाले नगर क्षेत्रस्थित बरहथवा बजारमा रहेको सी ब्लकको भवनका चारवटा सटर भाडामा लगाउन बोलपत्र पेस गर्ने म्याद थप गरेको छ।

नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सटर नम्बर १, २१, ११ र २४ भाडामा लगाउन इच्छुक व्यक्ति तथा व्यवसायीका लागि बोलपत्र/दरभाउपत्र फाराम खरिद र दर्ता गर्ने समयावधि थप गरिएको जानकारी दिएको छ ।

यसअघि नगरपालिकाले २०८३ असोज २० गते दोस्रो पटक सुचना प्रकाशन गरेको थियो । सूचना प्रकाशित भएपनि यसबीचमा लामो दशैं विदा परेकोले पुनः म्याद थप गरिएको नगरपालिकाको भनाइ छ । अब बोलपत्र दरभाउपत्रको फाराम खरिद गर्ने म्याद कात्तिक १६ गतेसम्म बनाएको हो ।

त्यसैगरी, खरिद गरिएका बोलपत्र/दरभाउपत्र फाराम २०८३ कात्तिक १७ गते दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ। दर्ता भएका बोलपत्र फाराम सोही दिन दिउँसो १ बजेसम्म खोलिने जनाइएको छ।

नगरपालिकाले इच्छुक व्यक्ति तथा व्यवसायीलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी बोलपत्रमा सहभागी हुन अनुरोध गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update