पहिरोका कारण देशका केही राजमार्गको यातायात अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै खसेको पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेका छन् । 

पहिरो खसेसँगै रोशी गाउँपालिका–९ पिन्थलीमा बिपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । 

पहिरोका कारण रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ । 

निरन्तर वर्षा भइरहेका कारण तत्काल बाटो खोल्न समस्या भएको प्रहरीको भनाई छ । 

यसैगरी अविरल वर्षापछि गएको पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरवाङ सडक पनि शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । 

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत र बेनी–दरवाङ तथा सिरुवारी, खामभित्तालगायत स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update