आजको मौसम : अर्नबको प्रभाव कम हुँदै, न्युन चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । हाल पश्चिम नेपाल नजिक रहेको न्युन चापीय क्षेत्र अर्थात् अर्नब चक्रबातको प्रभाव कम हुदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।

हाल लुम्बिनी प्रदेश लगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी भू–भागमा आंशिक बादल लाग्नेको छ । 

बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

यस्तै आज राति पनि देशभर आंशिक बादल लाग्नेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update