Odapalika - The Fourth Estate - चौथो अंग
धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले दुई लाख २२ हजार नौ सय ६० रुपैयाँको लागतमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो । 

धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । 

प्रमुख हमालले उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिस्यान सेवा सञ्चालन गर्ने भनिएअनुसार सो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । 

शव चिस्यान सेवालाई निरन्तरता दिने बताउँदै विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको हमालको भनाइ छ । उपमहानगरपालिकाले विपन्न वर्गलाई दाउरा र किरिया खर्च गर्न पाँच हजार रुपैयाँ दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update