Odapalika - The Fourth Estate - चौथो अंग
फेदाप गाउँपालिकाको स्किमः ७५ प्रतिशत अनुदानमा आलुको बिउ, यसरी पाउनेछन् कृषकले 

काठमाडौँ । तेह्रथुमको फेदाप गाउँपालिकाले पालिकाभित्रका कृषकलाई ७५ प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने भएको छ । 

आलुको विउ उत्पादन गरेर अन्य कृषकलाई बितरण गर्न चाहनेले २५ प्रतिशत लगानी गरे पालिकाबाट आलुको विउ पाउनेछन् । 

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार इच्छुक कृषकले पालिकाको कृषि विकास शाखामा पुगेर निवेदन भने दिनुपर्नेछ । 

यसरी निवेदन दिदा कृषक, कृषि समूह, कृषि सहकारी संस्था लगायतले पालिकामा फर्म दर्ता भएको प्रमाणपत्र, प्यान नम्बर, सम्पर्क नम्बर, नागरिकताको प्रतिलिप लगायतको कागजातसहित निवदन दिएपछि कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानको आलुको बिउ उपलव्ध गराउने आचार्य बताउँछन् । 

यो सुविधा भने २२ मंसिरभित्रमा निवेदन दिने कृषकले मात्र पाउने उनको भनाइ छ । पालिकाले आलु खेतीमा कृषकलाई आकर्षित गर्न यति धेरै अनुदान दिन लागेको उनको भनाइ छ । 

fedap1701688523.jpg

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update