काठमाडौँ । धनगढी उपमहानगरपालिकाले आगलागी नियन्त्रणका लागि फायरबाइकको प्रयोग गर्न थालेको छ ।
उपमेयर गोपाल हामालका अनुसार २ वटा फायर बाइकमार्फत शहरका साँधुरा गल्लीहरुमा यसले सेवा दिनेछ ।
दमकल नछिर्ने स्थानमा आगो नियन्त्रण लिन समस्या भएपछि महानगरले फायरवाइकको अवधारणा अघि सारेको हमालको भनाइ छ । मोटरसाइकलमै आगो नियन्त्रणका साधान, साइरनलगायत जडान गरेर तालिमप्राप्त व्यक्तिलाई आगालागी नियन्त्रणका लागि खटाइएको उपमहानगरको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०८:०८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





                                        
                                        
                                        
                                        
                    
                    