Odapalika - The Fourth Estate - चौथो अंग
सत्ता गठबन्धन फेरिदा परराष्ट्र मन्त्री सधैँ ‘बलीको बोको’ 

काठमाडौंँ । संघीय सत्ता गठवन्धनमा खटपट हुँदा सधैजसो परराष्ट्रमन्त्रीहरु मारमा पर्ने गरेका छन् । 

कांग्रेस नेतृत्वको सत्ता गठवन्धन भत्किने संघारमा रहेको बेला बिदेश भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री एनपी साउदको भ्रमण अचानक रद्द भयो । 

आइतबार फिनल्याण्ड भ्रमणमा निस्कन लागेका साउदको अन्तिम समयमा भ्रमण स्थगित भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई बिदेश नजान संकेत गरेपछि उनी भ्रमण रद्द गरेर बसे । 

परराष्ट्रमन्त्रीको बिदेश भ्रमणमा सत्ता गठवन्धन हेराफेरि तगारो बनेको यो पहिलो घटना भने होइन । 

१४ फागुन २०७९ मा एमाले नेतृसमेत रहेकी तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याल र तत्कालीन मुख्यमन्त्री शंकरदास बैरागी पनि एयरपोर्टबाटै भ्रमण रद्द गरेर फर्किएका थिए । 

जेनेभा जान हिडेका उनीहरु दुबैलाई तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै बिदेश नजान निर्देशन दिएपछि फर्किएका थिए । उनीहरुलाई फकाईएलगत्तै प्रचण्डले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग हात मिलाएका थिए । 

र यी दुबै प्रकरणमा अर्को एउटा पनि संयोग जुटेको छ । दुबैजनाको भ्रमण रद्द फागुनमै भयो । किनकी दुबै सत्ता गठवन्धनको हेराफेरि फागुनमै भएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update