सांसद सुनिल शर्मा निवासबाटै पक्राउ, यस्तो छ अभियोग 
                        
                        
                                                
                                             
                                                                    काठमााडौँ । प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सिआइवीको टोलीले बिहीबार अपरान्ह उनकै निवास मण्डिखाटारबाट बाट पक्राउ गरेको हो । पक्राउका विषयमा प्रहरीले थप खुलाएको छैन ।
सिआइबी उच्च स्रोतले सांसद शर्मा पक्राउ परेको पुष्टी गरेकाे छ । उनीमाथि डाक्टरको नक्कली सर्टिफिकेट बनाएको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको सिआइबी स्रोतको भनाइ छ । सिआइबीले सांसद शर्मासँगै थप ८ जनालाई पक्राउ गरेको स्रोतले जानकारी दियो ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:१४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    