शिक्षा अधिकृत थुन्ने दुई शिक्षकको गयो जागिर

काठमाडौँ । पेशागत मर्यादा विपरित काम गरेको भन्दै बाँकेको नरैनापुर गाँउपालिकाले दुई जना अनुदान शिक्षकलाई पदमुक्त (सेवाबाट हटाएको) गरेको छ । 

सोमबारदेखि लागु हुने गरी पालिकाले पालिकाकाको वडा नम्बर ४ खोदावाँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २ शिक्षकको पदमुक्त गरेको हो । 

विद्यालयको निम्न माध्यमिक तह अन्तरगत सामाजिक विषयका शिक्षक गोरख बहादुर राना र सोही तहमा नेपाली विषयमा कार्यरत शिक्षिका रिता चौधरीले पेशागत मर्यादा विपरित काम गरेको भन्दै पदमुक्त गरिएको शिक्षा शाखाले जनाएको छ । 

शाखाले एक सूचना जारी गर्दै सोमबारदेखि लागुहुने गरी दुई शिक्षकलाई पदमुक्त गरिएको जनाएको हो । 

भएको के हो ?

शिक्षक भर्नाको विषयलाई लिएर आइतबार पालिकाका केही स्थानीयका सँगै दुई शिक्षक शिक्षा युवा  तथा खेलकुद शाखामा गएका थिए । उनीहरुले शिक्षा अधिकृत कृष्ण कुमार थारुले शिक्षक भर्नाका लागि रकम लिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै चौधरीलाई कार्यकक्षमै थुनेका थिए । 

notiice-1716795789.jpg

चौधरीलाई भित्र थुनेर बाहिरबाट बत्ती समेत काटेर उनीहरु फर्किएका थिए । कार्यकक्षभित्र काम गरिरहेका अधिकृत माथि बीना प्रमाणीत भ्रष्टाचारको आरोप लगाउँदै गाली बेइजत गरेको भन्दै कर्मचारीले विरोध जनाएका छन् । 

शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउदै एमाले स्थानीय कार्यकर्ता विनय दिक्षित सहित केही तत्वहरु कार्यालयमा प्रबेश गरी कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारवाहीका लागि गाँउपालिकाले पत्रचार समेत गरेको छ । 

शिक्षा अधिकृतलाई कार्यालयमै थुनेको भन्दै पालिकाले अनुदानका दुई शिक्षकलाई बर्खास्त गरेको हो । 

अतिआवश्यक बाहेकका सेवा ठप्प

शिक्षा अधिकृत कृष्ण कुमार थारु माथि कार्यकक्षमै रहदा भौतिक आक्रमणको प्रयास भएको भन्दै कर्मचारीहरुले सुरक्षाको माग गर्दै सम्पूर्ण सेवा ठप्प पारेका छन् । कर्मचारीहरुले सोमबार एक विज्ञप्ती जारी गर्दै दोषि उपर कारवाही नहुदासम्म पालिका तथा वडाका अतिआवश्यक बाहेकका सम्पूर्ण कामहरु ठप्प पारिएको जनाएका छन् । 

441526620_997327652402680_1387195223263508093_n-1716795816.jpg

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update