 
                                                                    ‘जनतालाई निश्क्रिय र आज्ञाकारी बनाइराख्ने सबैभन्दा चलाखिपूर्ण उपाय भनेको स्वीकार्य विचारको दायरालाई जबरजस्ती सिमित राख्ने, अनि त्यही दायराभित्र जीवन्त बहस गराउने हो ।’
विश्व प्रशिद्ध भाषा वैज्ञानिक, दार्शनिक, राजनीतिक अभियन्ता, लेखक, व्याख्याता नोम चोम्स्कीको भनाई हो यो ।
निश्क्रिय र आज्ञाकारी हुनु भनेको सहनशील देखिनु पनि हो । त्यसैले हामी सहनशील छौँ भन्दै गर्दा हामी निश्क्रिय छौं भन्नु पनि हो । अनि, सँगै हामी आज्ञाकारी छौं भन्नु पनि हो ।
आज्ञाकारी हुनु भन्नुको अर्थ सँधै सकारात्कम मात्र पनि हुँदैन । विरोध नगर्ने वा कसैले भनेका गलत कुरालाई पनि ‘यो त गलत हो’ भन्न नसक्ने अवस्था पनि अज्ञाकारिता हो ।
आज्ञाकारी मान्छे सँधै सहनशील देखिन्छ ।
सहनशीलतालाई हामीले आचरणको उच्च अवस्था मान्ने पनि गरेका छौं । बेथिति, दुरावस्थाको विरोध नगर्ने आज्ञाकारी मानिस आपूmलाई सहनशील भनिँदा खुसी महशुस गर्छ । आपूm आचरणको उच्च अवस्थामा रहेको सहनशील भएको महशुस गर्न थाल्छ । अनि आप्mनो सहनशीलतामा गर्व गर्न थाल्छ । उसलाई सहशीलताको कथ्यमा भुलाएर आप्mनो अभिष्ट पुरा गर्ने समुह बेखौफ आप्mनो दुस्कर्ममा लागिरहन्छ ।
भनिन्छ, नेपाली सहनशील हुन्छन् । त्यही सहनशील भनिएकोमा नेपाली गर्व गरिरहेका हुन्छन् । अनि, आफ्नो सहनशीलताको बखानमा अनेक शब्द खर्चिरहेका हुन्छन् ।
नेपाली किन सहनशील छन् भन्ने बखानमा भुलिएर वाद–विवाद हुन्छ । नेपाली सहनशील हुनुको कारण खोज्न थालिन्छ । नेपालीको सहनशीलताको बखान गर्ने अनेक विद्धान आउँछन् । नेपाली सहनशील रहनुको कारण पत्ता लाग्छ ।
अनि अर्कोले झन् अर्को कारण पत्ता लगाउँछ, त्यो सत्यको बढी नजिक लाग्न थाल्छ । फेरि अर्को आउँछ, त्यसो त होइन न नि ! यसो पो हो त भन्ने । नेपाली भने सहनशील रहिरहन्छ ।
चोम्स्कीले भने जस्तै नेपालीको सहनशीलतामा यति ज्वलन्त बहस हुन्छ कि हामी आज्ञाकारी भएर त्यसै बहसको दायरामा सिमित भइरहन्छौं ।
हामीले रिसाउनु पर्ने, विद्रोह गर्नुपर्ने, नकार्नु पर्ने केही रहँदैन । अनि हामीमाथि शासन गर्नेले ढुक्क भएर शासन गर्छ, गरिरहन्छ ।
हामी शिक्षाको न्युनतम अधिकारबाट बञ्चित छौं । तर, हामी सहनशील छौं । हामी स्वास्थ्यको न्युनतम अधिकारबाट बञ्चित छौं । तर, सहनशील छौं । हामी विश्वका जनताले उपयोग गर्न पाएका न्युनतम सार्वजनिक यातायात सेवाको सुविधाबाट समेत बञ्चित छौं । तर, पनि हामी सहनशील छौं । हामी खाल्डा खुल्डीबाटोमा स्कुटरबाट लडेर घाइते हुन्छौ, तैपनि सहनशील छौं । वर्षौ मेलम्चीको पानीको बाटो हेरेर बस्न सक्छौं । नेताले देखाएको चुच्चे रेलको सपना सपना नै हो भनेर पत्याएर बस्न सक्छौं । पानी जहाजको टिकट काट्ने दिनमा टिकट नपाउँदा पनि पानी जहाज कहाँ छ भनेर सोध्न चाँसो राख्दैनौं । एउटा बुढोले आपूmलाई युवा नेता भनेर ¥याल चुहाउँदै हामीमा शासन गर्छ, हामी दाइको युवा जोश हेरेर मख्ख पर्छौं । सबै नेपालीको समान अधिकार छ भन्दै सबैको छाया मैमा देखिनु पर्छ भन्ने नेता दौरा सुरूवालमा देखा पर्छ, हामी त्यसमा राष्ट्रवाद देख्छौं ।
उसले तँ दलित होस्, मेरो मन्दिरमा नआइज भन्छ । तर, म चुप छु । ऊ फेरि भन्छ– मेरो मन्दिरमा आउन नआएपनि तैले मेरै धर्म मान्नु पर्छ । म चुप नै हुन्छु । उसले तँ तामाङ भएर के भो, तैले मेरो भाषा बोल्नुपर्छ भन्छ, म बोलिदिन्छु । उसले तँ गुरूङ भएर के भो, राष्ट्रिय त, मेरो टोपी हो, मेरो लुगा हो भन्छ । म लगाई दिन्छु । उसले तेरो पनि धर्म छ, तर मेरो धर्म मेरै हो, राष्ट्र मेरै हो, धर्म मेरै चल्छ भन्छ, म हस भन्छु ।
अनि संसदमा जुहारी चल्छ । उसले तँ भ्रष्टाचारी भन्छ अनि उसले तँ चै भ्रष्टाचारी होस् भन्छ । अर्को आउँछ, म जादुको छडी घुमाएर सबै एक छिनमा ठिक पार्छु भन्छ । अनि म उसको पनि भइदिन्छु, यसको पनि भइदिन्छु । सानो केही हुँदा फुरुङ्ग हुन्छु, अलिकति केही विग्रिए गालीको वर्षा गर्छु । अनि त्यो पनि सामाजिक सञ्जालमा मात्र, अनि त्यसैमा गदगद हुन्छु ।
आप्mनो अधिकार माग्न शहर आउने, धर्ना बस्नेहरु मलाई अस्वभाविक लाग्छन् । तिनीहरु शहर फोहोर गर्ने फोहरी लाग्छन् । उनीहरुले भोगेको कुरा मेरो आप्mनै पनि हो भन्ने मलाई थाहा छ । तर, म आफू सहशील छु नि त ! मैले किन सडकमा आउनुपर्यो ? सडकमा आएको उसलाई म गाली गर्छु । अनि उसको जोडबलले पाएको अधिकारको उपभोग पनि गर्छु । यस्तै छु म त ।
म मात्र हो र तपाईं पनि त्यस्तै होइन र ? म अनि तपाईं, हामी सबै कति सहनशील है ?
वाह हामी नेपाली, कति सहनशील है !

 
                
            



 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    