सूर्यविनायक नगरपालिकाले गर्यो बोर्डङ स्कुलको वर्गीकरण, कुन स्कुल कुन वर्गमा ?

काठमाडौँ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले सो नगरपालिकाभित्रका सबै बोर्डिङ स्कुलहरुको वर्गीकरण गरेको छ ।

नगरपालिकाले विभिन्न सुचक तयार पारेर सोही सुचकका आधारमा विशिष्टदेखि ‘ग’सम्म गरी ४ वर्षमा वर्गीकृत गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले दिएको जानकारी अनुसार सो नगरपालिकाभित्रका ६० वटा विद्यालयको वर्गीकरण गरिएको छ । विद्यालयमा भएको भौतिक पूर्वाधार, शैक्षिक उपलब्धी, शिक्षण सिकाई वातावरण, अतिरिक्त क्रियाकलापलगायतका सुचकका आधारमा बोर्डिङ स्कुलहरुको वर्गीकरण गरिएको हो ।

नेपालको संविधानले आधार र विद्यालय तहको शिक्षाको अधिकार स्थानीय सरकारलाई एकल अधिकारको रुपमा प्रदान गरेको छ । सोही अधिकारको प्रयोग गरी आधारभूत र विद्यालय तहको शिक्षा स्थानीय सरकारहरुले सहजीकरण गरिरहेका छन् । यसैक्रममा सूर्यविनायक नगरपालिकाले सो नगरपालिकाभित्रका बोर्डिङ स्कुलहरुको वर्गीकरण गरेको हो ।

नगरपालिकाले गरेको वर्गीकण अनुसार सो नगरपालिकाभित्र पर्ने काठमाडौँ वल्र्ड स्कुल विशिष्ट वर्गमा परेको छ । यो वर्गमा कामठाडौँ वल्र्ड स्कुल मात्रै छ ।

classification-1780491242.jpeg
classification1-1780491267.jpeg
यस्तै, क वर्गामा १७ वटा, ख वर्गमा ३६ वटा र ग वर्गमा ६ वटा स्कुल परेका छन् । स्कुलको वर्गीकरण अनुसार मासिक शुल्क तोकिएको र यसले अभिभावकलाई पनि आफूले कुन वर्गमा परेको स्कुलमा कति शुल्क तिरेको छु भन्ने जानकारी हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

‘हामीले लामो समय र प्रयासपछि सूर्यविनायक नगरपालिकाभित्रका संस्थागत विद्यालय (बोर्डिङ स्कुल) हरुको वर्गीकरण गरेका छौं । यो वर्गीकरणले कुन विद्यालय कुन वर्गमा रहेछ र कति शुल्क रहेछ भन्ने जानकारी अभिभावकलाई पनि हुन्छ । यसको बारेमा अभिभावकबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत आचार्यले वडापालिकासँग भने ।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update