सूर्यविनायकमा महिलाहरूका लागि महिनावारी तथा पाठेघरसम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने

भक्तपुर। सूर्यविनायक नगरपालिका वडा नं. २ को आयोजनामा महिलाहरूका लागि एकदिने अभिमुखीकरण तथा जागरण कार्यक्रम हुने भएको छ।

लायन्स क्लव अफ काठमाडौँ वन्डर ओमनको प्राविधिक सहयोग र बालकोट स्वास्थ्य केन्द्रको समन्वयमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रममा स्त्री रोग विशेषज्ञहरूद्वारा महिनावारी तथा पाठेघरसम्बन्धी समस्या र यसको उपचार विषयमा विशेष जानकारी एवम् परामर्श प्रदान गरिनेछ।

वडा कार्यालयका अनुसार ३० वर्षमाथिका महिलाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको उक्त कार्यक्रम आगामी २०८३ साउन २० गते बुधबार दिउँसो २:३० बजे सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोट (भक्तपुर) मा आयोजना हुनेछ।

स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी तथा लाभ लिनका लागि लक्षित वर्गका सम्पूर्ण महिलाहरूलाई उपस्थित हुन वडा अध्यक्ष प्रदीप कार्कीले अनुरोध गरेका छन्।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update