संघ सरकारले कुन स्थानीय तहलाई कति अनुदान दियो ?

काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तह र प्रदेश सरकारलाई दिने अनुदान रकमको विवरण सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार स्थानीय तहहरुलाई ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ र प्रदेश सरकारहरुलाई १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो रकम समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानको रकम हो ।

स्थानीय तहहरुलाई दिइएको रकममध्ये महानगरपालिकाहरुलाई ११ अर्ब ७३ करोड, उपमहानगरपालिकाहरुलाई ११ अर्ब ५० करोड, नगरपालिकाहरुलाई १ खर्ब ३८ अर्ब ६६ करोड र गाउँपालिकाहरुलाई १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

देशभरमा ७५३ स्थानीय तहहरु छन् ।

प्रदेश र स्थानीय तहले पाएको अनुदानको विवरण

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update