Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र पूर्ववडाध्यक्षसहित सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रशासकीय अधिकृत भण्डारी, सोही पालिकाका वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत र तत्कालीन लेखापाल जिवन सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा कार्यालयको भवन निर्माण गर्दा जग्गा खरिदमा अनियमितताको आरोपमा उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो । दानपत्रमार्फत निःशुल्क प्राप्त भएको जग्गा ६ लाखमा खरिद गरेको देखाएर भ्रष्टाचार गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ ।

उनीहरुविरुद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना असूलको माग सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update