Odapalika - The Fourth Estate - चौथो अंग
जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको खर्च र तथा प्रगती विवरण माग गरेको छ।

गाउँपालिका संयोजक ईश्वर श्रेष्ठले गाउँपालिकाले गरेका काम तथा त्यसमा भएको सम्पूर्ण खर्चको विवरण माग गरिएको जानकारी दिए।

गाउँपालिकाले छनौट गरेका योजना तथा बजेटका सिलिङको प्रतिलिपि, गाउँपालिकाको वार्षिक प्रगती विवरण, अध्यक्ष÷उपाध्यक्ष उपभोग गरेको सेवा सुविधा, सवारी साधनको दुरुपयोग, लिखु हाइड्रो पावरले गाउँपालिकामा बुझाएको प्रतिवेदन, कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक, शिक्षा र स्वास्थ्यमा भएको प्रगति विवरण, वडा कार्यालयको गतिविधि माग गरिएको छ ।

यस्तै केन्द्रिय प्रसारण लाइनको प्रगती, कृषी शाखाको गतिविधि, स्थानीयलाई रोजगारको अवसर, खेलकुदमा भएका गितिविधि लगायत २० वटा विवरण माग गरिएको छ । गाउँपालिकालाई बुझाइने उक्त प्रतिवेदनमा २५ जना युवाहरुले हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update