काठमाडौँ । सेवा निर्यातमा सबैभन्दा बढी आयकर बुझाउने कोडावतार टेक प्रा.लि. सम्मानित भएको छ । आन्तरिक राजस्व विभाग लाजिम्पाटले आर्थिक वर्ष २०७९ / ८० मा सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर बुझाएको कोडावतरा टेकलाई सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा विभागले कोडावतरा टेकलाई सम्मान गरेको हो ।
‘आर्थिक वर्ष २०७९ /८० को आय विवरणअनुसार सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याउनु भएकोले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा कदर स्वरूप यो सम्मान पत्र प्रदान गरिएको छ,’ सम्मानपत्रमा उल्लेख छ ।
कोडावतार टेक प्रा.लि. आईटी क्षेत्रमा काम गर्ने संस्था हो ।