काठमाडौँ उपत्यकाका मापदण्डविपरीतका संरचना हटाउन प्राधिकरणको सूचना 
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएको छ । बुधबार सार्वजनिक सूचना निकालेर प्राधिकरणले मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएको हो ।
काठमाडौं उपत्यका भित्रका क्षेत्रमा योजना अनुमति लिएर मात्र निर्माण कार्य अघि बढाउनुपर्ने कानुनी व्यवस्था स्मरण गराउँदै अवैध संरचना हटाउन निर्देशन दिएको हो ।
यो सूचनालाई बेवास्ता गरेर संरचना नहटाएमा प्राधिकरण आफैंले हटाउने र हतटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल गर्ने सूचनामा भनिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १२:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                        -1731669814.jpg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    