-1731669814.jpg) 
                                                                    काठमाडौँ । काठमाडाैँकाे गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको हो ।
तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ । डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ ।
सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो ।

-1731669753.jpg)
-1731669752.jpg)
-1731669751.jpg)
-1731669748.jpg)
-1731669748.jpg)
-1731669749.jpg)
-1731669750.jpg)
-1731669746.jpg)
-1731669746.jpg)
-1731669744.jpg)
-1731669743.jpg)
-1731669738.jpg)
-1731669739.jpg)
-1731669740.jpg)
-1731669741.jpg)

 
                
            



 
                                        -1731669814.jpg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    