काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भइ केही स्थानहरुमा हल्का वर्षा भईरहेको र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रछ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई–स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
आइतबार राति देशभरको मौसम आंशिकदेखि  सामान्य  बदली  रहनेछ ।  लुम्बिनी,  गण्डकी र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थान  तथा  बाँकी  प्रदेशका थोरै  स्थानमा हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  छ । लुम्बिनी र सुदूर–पश्चिम  प्रदेशको  एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  विभागले जनाएको छ । 
 






                                        
                                        
                    
                    