सोनु निगमको कन्सर्टमा राखिएको रक्सीको विज्ञापन बाेर्ड काठमाडौँ महानगरले हटायो
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बौद्धस्थित हायात होटको ग्राउन्डमा राखिएका १५० मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको सोनुको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो।
महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको महानगरपालिकाले जानकारी दिएको छ । मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको हो ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:२७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    