Odapalika - The Fourth Estate - चौथो अंग
कालोसूचीमा परे १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता (सूचीसहित)

काठमाडौँ । विभिन्न १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । बिहीबार सार्वजनिक सूचना निकालेर सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जानकारी दिएको हो । 

‘...यस कार्यालयको मिति २०८१/०९/१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकताएहरुलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुको कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ बिहीबार जारी सूचनामा उल्लेख छ । 

कालोसूचीमा परेका कम्पनीहरूले तीन वर्षदेखि न्यूनतम एक वर्षसम्म खरिद कार्यमा सहभागी हुन नपाउने भएका छन् । 

यी हुन् कालोसूचीमा परेका कम्पनीहरू

black-list-2-1735797228.png
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update