काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि ११ गतेसम्म नेपालभर ठूलो वर्षा र हिमपातको जोखिम रहेको जानकारी दिएको ।
यसैक्रममा विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गरी देशभरका नदीहरुमा बाढीको जोखिम बारे जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज (२०८३–०६–०८ गते) ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर जिल्लाका साना ठूला नदीहरुमा उल्लेख्य बहाव हुने र आकस्मिक बाढी आउन सक्नेछ ।
यस्तै, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुगां, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला तथा आसपासका जिल्लाका नदीहरुमा पनि उल्लेख्य बहाव हुने र आकस्मिक बाढी आउन सक्नेछ ।

महाशाखाले मकवानपुर , रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ र कास्की जिल्ला भएर बग्ने साना ठूला नदीहरुमा बाढी तथा आकस्मिक बाढीको जोखिम रहेको जानकारी दिएको छ ।
यस्तै, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बांके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाको भनाइ छ।
महाशाखाले पाल्पा, कपिलवस्तु, अर्घाखांची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना देखाएको छ । विस्तृत जानकारी तस्वीरमा राखिएको विवरणबाट पनि लिन सक्नु हुनेछ ।




