असोज ९ गतेको मौसम अपडेटः कुन जिल्लाको कुन नदीमा कत्रो बाढी आउँछ ? (देशभरको विवरण)

 

काठमाडौँ । असोज ८ गतेदेखि सुरु भएको अविरल वर्ष अहिले आज (असोज ९ गते) पनि देशभर जारी छ । 

वर्षाले जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरी, जल तथा मौसम विज्ञान विभाग जस्ता निकायहरुले सार्वजनिक गरेको विवरणले देशभरमा वर्षाको कारण समस्या सिर्जना भएको देखाएको छ ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा जिल्ला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

यस्तै, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुगां र सोलुखुम्बु जिल्ला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

महाशाखाले दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर ,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा,  पाल्पा, गुल्मी अर्घाखांची,  म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान,  डोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझांङ, डोटी, दार्चुला, बैतडी डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जानकारी दिएको छ ।

asoj-9-update-1790315679.jpg
महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बांके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।  

प्रदेशगत रुपमा कुन जिल्लाको कुन नदीमा कस्तो जोखिम छ भन्ने जानकारी माथिको तस्वीरबाट स्पष्ट रुपमा हेर्न सकिन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update