Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारी आक्रमणको विरोधमा देशभरका स्थानीय तह कर्मचारी आन्दोलित, अधिकांश पालिकामा पेनडाउन 

काठमाडौँ । वडासचिव र शाखा अधिकृतमाथि जनप्रतिनिधिबाट हातपात भएको भन्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित बनेका छन् । 

स्थानीय तहमा कार्यरत कर्मचारी र उनीहरुका विभिन्न संगठनहरुले एकल र संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध गर्दै दोषीलाई कारवाही नभएसम्म काम बन्द गर्ने चेतावनी दिएका छन् । 

बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष र रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्षलाई कारवाही गर्न माग गर्दै उनीहरुले पेन डाउन गरेको बताएका छन् । 

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेका थिए । 

उता रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए । यी दुई घटनाका दोषीलाई कारवाही हुनुपर्ने उनीहरुको माग छ । 

पेन डाउन गरेका स्थानीय तह र कर्मचारीहरु 

रोहिणी गाउँपालिका, नवलपरासी

बन्दीपुर गाउँपालिका, तनहुँ 

जीतपुरसीमरा उपमहानगरपालिका, बारा

सुनिलस्मृति गाउँपालिका, रोल्पा 

बिनयीत्रिवेणी गाउँपालिका, नवलपरासी पूर्व 

महाशिला गाउँपालिका, पर्वत

पालुङटार नगरपालिका, गोरखा

परोहा नगरपालिका, रौतहट

लुङग्री गाउँपालिका, रोल्पा

राप्ती गाउँपालिका, दाङ

धुर्कोट गाउँपालिका, गुल्मी

मदाने गाउँपालिका, गुल्मी 

अन्नपूर्ण गाउँपालिका, कास्की 

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन केन्द्रीय समिति

नेपाल निजामती कर्मचारी युनियन, राइनास नगरपालिका, लमजुङ

नेपाल निजामती कर्मचारी संगठन, तिलोत्तमा नगरपालिका रुपन्देही

नेपाल निजामती कर्मचारी युनियन, रौतहट

नेपाल निजामती कर्मचारी युनियन, रौतहट

नेपाल निजामती कर्मचारी युनियन, धादिङ

नेपाल निजामती कर्मचारी संगठन, म्याग्दे गाउँपालिका तनहुँ 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update