Odapalika - The Fourth Estate - चौथो अंग
सचिव कुट्ने बन्दीपुरका वडाध्यक्ष १० दिन थुनामा 

काठमाडौँ । वडा सचिवमाथि आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । 

आफ्नै वडाका सचिव नवीन भुसाललाई घाँटी न्याक्दै झापड हानेपछि उनी पक्राउ परेका थिए । पक्राउपछि उनलाई आज अदालतमा उपस्थित गरायएको हो । 

कुटपिट तथा अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङ सचिवमाथि ज्यानै मार्ने धम्कीसहित आक्रमणमा उत्रिएको अरोप पीडितको छ । 

आक्रमण र कुटपीटको विरोधमा देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update