Odapalika - The Fourth Estate - चौथो अंग
निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति दिने घोषणा, स्थानीय सेवामा समायाेजन भएकाले पनि पाउने 

काठमाडौँ । संघीय सरकारले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन बृत्ति उपलव्ध गराउने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा बहाल रहेकय कर्मचारीका स्नातक तह प्रथम वर्ष या दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेका सन्ततिलाई यस्तो वृत्ति दिने भनेको छ । 

वृत्ति पाउनका लागि दश जोड दुईमा कम्तीमा २.५ जिपीए ल्याएर उर्तीर्ण भएको हुनुपर्ने सर्त छ ।  २५ वर्ष पूरा भएका र सरकारी सेवामा स्थायी नियुक्ति लिएर काम गरिरहेकाले भने यो वृत्ति पाउने छैनन् ।  निजामती सेवाकालाइ दिने भनिए पनि  कर्मचारी समायाेजन अनुसार स्थानीय तहमा समायाेजन भएका कर्मचारीका सन्ततिले पनि याे वृत्ति पाउनेछन् ।

यस्तो छ निवेदन दिने तरिका  

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update