
काठमाडौँ । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, स्थानीय तह मातहतबाट शिक्षकहरुलाइृ झिक्नुपर्नेलगायतका माग गरेर शिक्षकहरु काठमाडौँका सडकमा जुलुस लगाइरहेका छन् ।
यही बेला शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय भने एक शैक्षिक सत्रमा अनिवार्य २२० दिन विद्यालय खोल्नैपर्नेलगायतका ६ बुँदे निर्देशनसहित विद्यालय हातामा पुगेको छ ।
देशभरका स्थानीय तहमार्फत सामुदायिक विद्यालयमा पत्राचार गर्दै मन्त्रालयले शैक्षिक शत्र सुरु नहुँदै विद्यालयमा भर्ना लिन नदिन, संस्थागत विद्यालयले दिनुपर्ने छात्रवृत्तिको कोटा अनुगमन नगर्न र सुनिश्चित गर्न, विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउनलगायतका निर्देशन मनत्रालयले दिएको छ ।
यस्तो छ मन्त्रालयको परिपत्र