Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका न्यायिक समितिमा मुद्दाको चाङ, बढ्न थाल्यो उपभोक्ताको विश्वास 

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन् । 

नगरपालिकामा फोहरमैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घरबहाल, कुलोपानी, जग्गा खिचलो, महिला हिंसालगायत मुद्दा दर्ता भएका न्यायिक समितिका संयोजक इन्दिरा दरैले जानकारी दिएको राससले जनाएको छ । 

नगरपालिकाले दर्ता हुन आएका मुद्दामा मेलमिलापलाई प्राथमिकता दिएको बताए । अदालती निर्णयभन्दा सहमतिको आधारमा मेलमिलापको माध्यमबाट मुद्दा टुङ्ग्याउने गरेको उनको भनाइ छ । 

पछिल्ला दिन तनहुँका अन्य स्थानीय तहका न्यायिक समितिमा समेत मुद्दाको चाप बढ्न थालेको बताइएको छ । न्यायिक समितिका पदाधिकारी र सहजकर्तालाई दिऐका तालिम, ज्ञान र सीपका कारण थानीयमा समितिका कामप्रति भरोसा जाग्न थालेको दरै बताउँछिन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update