Odapalika - The Fourth Estate - चौथो अंग
कक्षा छाडेर देशभरका शिक्षक काठमाडौँमा, कार्यसम्पादन मूल्यांकन फाराम स्कुलमा

काठमाडौँ । विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मुख्य मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौँको सडकमा आन्दोलन गरिरहेका छन् । 

उपत्यकाभित्रका शिक्ष्कहरुले आन्दोलनस्थलमै हाजिर गरिरहेका बेला शिक्षकको कार्यसम्पादन मूल्यांकन फाराम भने विद्यालयमा पुगेको । 

शैक्षिकसत्र सुरु भएको ३० दिनभित्रमा हरेक स्थायी शिक्षकले कार्यसम्पादन मूल्यांकन फाराम भरेर विद्यालयको प्रधानअध्यापकलाई बुझाइसक्नुपर्ने प्रावधान छ । 

संघीय सरकारले १ बैशाखबाट नयाँ शैक्षिक सत्र सुरु भएको भन्दै ३० बैशाखभित्र यस्तो मूल्यांकन फाराम भरेर प्रधानअध्यापकसमक्ष रहेको दर्ता किताबमा दर्ता गराइसक्न स्थानीय तहमार्फत देशभरका सामुदायिक विद्यालयमा परिपत्र गरिसकेको छ । 

निर्धारित समयभन्दा पछि दर्ता भएका मूल्यांकन फाराममा कुनै पनि कारवाही अघि नबढाइने शिक्षक सेवा आयोगले चेतावनीसमेत दिएको छ । 

आयोगले स्थानीय तहमार्फत विदयालयमा पठाएको फाराममा प्राथमिक तहका शिक्षकले निलो, निम्न माध्यमिक तहका शिक्षकले हरियो र माध्यमिक तहका शिक्षकले पहेँलो रंगको फाराम प्रयोग गर्न पनि भनेको छ । 

आयोगले प्रधानअध्यापकले निर्धारित समयामा शिक्षकहरुको भरेको फाराम पठाइसकेपछि सो फारामलाई जेठ मसान्तभित्र शिक्षा विकास तथा सामन्वय इकाइमा पठाइसक्न स्थानीय सरकारहरुलाई आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update