Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा 

काठमाडौँ । शिक्षकहरुले सडक आन्दोलन चर्काइरहेका बेला समाधानमा लाग्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भने राजीनामा दिएकी छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । शिक्षकका मागबारे छलफल गर्न बालुवाटार पुगेकी उनले प्रधानमन्त्री शिक्षकका मागका विषयमा टसमस नभएपछि राजिनामा दिएको दाबी गरिएको छ । तर यस विषयमा उनले भने मुख खोलेकी छैनन् । 

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update