Odapalika - The Fourth Estate - चौथो अंग
कक्षा १२ को परीक्षामा स्थानीय तहका कर्मचारी खटाउने तयारी, ७५३ वटै स्थानीय तहमा पत्राचार 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमै गर्ने भन्दै परीक्षा संचालनका लागि स्थानीय तहका कर्मचारी परिचालन गराइदिन आग्रह गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले देशभकरका ७५३ वटै स्थानीय तहमा ११ बैशाखबाट हुने परीक्षामा कर्मचारी परिचालन गर्न सहयोग माग्ने निर्णय गरेको छ । 

बोर्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहलाई परीक्षा संचालनका लागि कर्मचारी परिचालन गर्न सहयोग गरिदिन आग्रह गर्ने निर्णय गरेको हो । 

काठमाडौँमा जारी शिक्षकहरुको आन्दोलनका कारण परीक्षा के हुने भन्ने अन्योल भएका बेला परीक्षा सुरु हुनु २ दिन अघि बोर्डले स्थानीय सेवा, निजामती कर्मचारी, निजी विद्यालयका शिक्षकलगायत प्रयोग गरेरै भए पनि परीक्षा गरिछाड्ने निर्णय गरेको हो । परीक्षाका लागि चौतर्फी दबाब बढे पनि आन्दोलनको नेतृत्व गरिरहेको राष्ट्रिय शिक्षक महासंघ भने चुपचाप छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update