
काठमाडौँ । विद्यलाय शिक्षा ऐनको माग गर्दै काठमाडाैँमा आन्दोलन गरिरहेका शिक्षकहरुले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने भएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिरशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको संयुक्त विज्ञप्तिमा कुनै पनि हालतमा ११ गतेबाट सुरु हुने परीक्षामा प्रधानअध्यापक, शिक्षक र कर्मचारी सहभागी नहुने भनिएको छ ।
परीक्षा केन्द्र परेको विद्यालयका प्रधानअध्यापक र शिक्षकहरुलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले धम्की दिउको भन्दै महासंघले केन्द्राध्यक्षलाई केन्द्र छाडेर सडक आन्दोलनमा आउन आग्रह पनि गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ १६:५८
प्रतिक्रिया दिनुहोस्